skip this

साना किसान र आरएमडीसी लघुवित्त मर्जः २४ असारदेखि एकीकृत कारोबार सुरु गर्ने

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । साना किसान र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज भएर असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

दुवै एक भएपछि अब साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुई लघुवित्त १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो ।

nijgadh-supermart-adz1200-630