skip this

आज देशैभरीका स्थानिय तहले बजेट सार्वजनिक गर्दै

735 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज देशैभरीका स्थानिय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्बजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ ।

यसअघि दशवटा स्थानीय तहले बजेट सार्बजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

nijgadh-supermart-adz1200-630