आज नागपञ्चमीः यसरी गरियो नागपोखरीमा नागको पूजा (फोटोफिचर)
वि.सं.२०८० भदौ ४ सोमवार १२:४६
825
shares

काठमाडौं। नागपञ्चमीका अवसरमा आज देशभर नागको पूजाआज गरिएको छ । यसैक्रममा काठमाडौं उपत्यकामा रहेका नागपोखरी तथा नागथानमा पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । नागलाई दूध र जलले विशेष पूजा गरिएको छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रूपमा नागको विशेष परम्पराअनुसार पूजाअर्चना गरिन्छ।
यो दिन नागको विशेष पूजा गरी घरको मुल ढोकामा नागको तस्बिर टासिन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
वि.सं.२०८० भदौ ४ सोमवार १२:४६

















