skip this

एनएमबि ५० र हाइब्रिड फन्ड एल–१ को बुक क्लोज मिति तय

696 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति घोषणा गरेका छन् । एनएमबि क्यापिटलका अनुसार दुवै म्युचुअल फन्डको इकाईका लागि असोज १२ गते शुक्रबार बुक क्लोज हुनेछ । तसर्थ, असोज ११ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् । तर ११ गते बिहीबार इन्द्र जात्रा परेको छ ।

यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुन्छ । उपत्यका विदामा नेप्से तथा सेयर बजार बन्द हुन्छ । यसआधारमा बुधबार असोज १० गतेसम्म कायम इकाईधनीले मात्र यी दुई म्युचुअल फन्डले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश यसअघि नै घोषणा गरिसकेका छन् ।दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित १५५ का दरले नगद लाभांश ९प्रतिफल० पाउने क्यापिटलले जानकारी गराएको छ ।

nijgadh-supermart-adz1200-630