पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकाे स्वागतमा सिमरा एयरपोर्ट आउन आह्वान

वि.सं.२०८२ भदौ १३ शुक्रवार २१:०६

बारा-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भोलि वीरगञ्जमा हुने महिला उद्यमी सम्मान कार्यक्रममा सहभागी हुन आउने भएपछि उनकाे स्वागतमा सहभागी हुन आह्वान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले भण्डारीलाई सिमरामा स्वागत तथा सम्मान गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
भण्डारी भदौ १४ गते बिहान ८:४५ बजे सिमरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले भण्डारीलाई “गणतन्त्रको गौरव” को रूपमा सम्मान गर्नुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्-पूर्व राष्ट्रपति भण्डारी नेपाली राजनीतिको सम्मानित नाम मानिन्छ । नेकपा एमालेको केन्द्रीय नेतृत्वदेखि सरकारको जिम्मेवारी, दुई पटक उपाध्यक्ष हुँदै राष्ट्रपतिसम्मको पदमा रहँदा उहाँले गरिमामय ढंगले कुशलतापूर्वक कर्तव्य निर्वाह गरेको स्मरण गरेका छन् ।
विशेषगरी महिला सहभागिता र समावेशिताको पक्षमा ऐतिहासिक योगदान दिएकाे पूर्व मन्त्री पाैडेलले बताएका छन् ।

वि.सं.२०८२ भदौ १३ शुक्रवार २१:०६