skip this

निजगढ नगरपालिकाद्वारा तालिममा सहभागि हुन चाहानेका लागि क्यूआर सार्वजनिक

330 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- निजगढ नगरपालिकाले स्थानीय बासिन्दालाई लक्षित गर्दै निःशुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाले १८ देखि ४० वर्ष उमेर समूहका नागरिकका लागि मागमा आधारित (डिमाण्ड बेस्ड) छोटो अवधिका तालिमहरू सञ्चालन गर्न लागेको जनाएको हो।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन प्रक्रिया QR कोड स्क्यान गरेर अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

नगरपालिकाले यस कार्यक्रममार्फत स्थानीय युवायुवतीलाई रोजगारी तथा स्वरोजगारमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमद्वारा हस्ताक्षरित उक्त सूचनामा तालिमसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ।

nijgadh-supermart-adz1200-630