श्रीमतीको घाँटी थिचेर हत्या गरेर प्रहरीलाई फाेन गरेर खबर गर्ने श्रीमान पक्राउ

वि.सं.२०७८ साउन २८ बिहीवार १४:०९

काठमाडौं : काठमाडौंको गुहेश्वरीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
रञ्जना ६ महिनाकी गभर्वती थिइन् । हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए ।
उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।
श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ ।
गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

वि.सं.२०७८ साउन २८ बिहीवार १४:०९