skip this farak Kura Pravakar

निजगढ नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालबीच मोतिविन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार कार्यक्रम सम्झौता

294 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रम निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बीच निजगढ नगरपालिकामा मोतिवन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार गर्न सम्झौता भएको छ ।

नेपालमा दृष्टि विहिन बनाउन सक्ने कारणहरु मध्ये एक महत्वपूर्ण कारण मोतिविन्दु पनि हो । निजगढ नगरपालिका भित्र पनि अझै धेरै नागरीकहरु मोतिविन्दुका कारण दृष्टि समस्याबाट पिडित भएका छन ।

यसलाई समाधान गर्न, निजगढ नगरपालिकाको प्रत्येक घर धुरीमा पुगी आँखा जाँच गरी मोतिविन्दु पहिचान गरी शल्यक्रिया गरी दृष्टि फर्काउन यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढ नगरपालिकासँग सहकार्य गरी निजगढ नगरपालिका भित्र बसोवास गर्ने सम्पूर्ण नागरिकहरुको आँखा जाँच गरी मोतिवन्दु भएका सबै बिरामीहरुको पहिचान गर्ने , आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गलाई निशुल्क उपचार गर्ने ।

निजगढ नगरपालिकालाई मोतिविन्दुका कारण हुने अन्धोपन रहित नगरपालिका बनाउने यो कर्याक्रमको मुख्य उद्देश्य रहेको छ । साथै आर्थिक रुपमा सबल मोतिविन्दुका बिरामीहरुलाई सहुलियत दरमा अत्याधुनिक प्रविधिबाट सामुदायिक फेको कार्यक्रम अन्तर्गत मोतिविन्दुको शल्यक्रिया गर्ने पनि रहेको छ ।

आगामी साताबाट निजगढ नगरपालिकाको १३ वटै वडाको प्रत्येक घर धुरीमा पुगी आँखा जाँचको कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

nijgadh-supermart-adz1200-630