सरकारमा बसेर संविधानको विरुद्धमा बोल्न पाइदैन –शक्ति बस्नेत
वि.सं.२०७९ माघ १८ बुधवार १४:५३
762
shares

काठमाडौं । संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन नसक्दा संघीयताविरुद्ध आवाज उठेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले राजधानी काठमाडौं बसेर संघीयता बोध नहुने बताएका हुन। सांसद बस्नेतले संघीयताको आवश्यकताको औचित्य कर्णाली, सुदूरपश्चिम प्रदेशमा पुगेर हेर्न आग्रह गरेका छन् । त्यस्तै उनले राप्रपातिर इसारा गर्दै सरकारमा बसेर संविधानको विरुद्धमा बोल्न नपाइने जिकिर गरेका छन् ।
वि.सं.२०७९ माघ १८ बुधवार १४:५३

















