एम्बुलेन्स कटेजमा ठोक्किँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु
वि.सं.२०७९ जेठ १२ बिहीवार ११:०९
1.58K
shares

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा गएराती एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटेजमा निदाईरहेकी अन्दाजी ७९ बर्षीया मनमाया खड्का रहेकी छिन् ।
एम्बुलेन्स पल्टिदा निदाएकै स्थानमा च्यापिएर गम्भीर घाइते भएकी खड्काको उपचारको क्रममा बाह्रबिसे स्थित किष्टोन अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३ २७ नम्बरको एम्बुलेन्स गएराती सवा ९ बजे नियन्त्रण गुमाएर कटेजमा ठोक्किएको थियो । एम्बुलेन्सका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ ।
वि.सं.२०७९ जेठ १२ बिहीवार ११:०९

















