अछाममा चट्याङ्ग लागेर एक जनाको मृत्यु, चार जना घाइते
वि.सं.२०७९ वैशाख १७ शनिवार ११:५०
1.59K
shares

काठमाडौं ।शुक्रबार राति अछाममा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको मृत्यु भएको हो ।
घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल रहेका जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
वि.सं.२०७९ वैशाख १७ शनिवार ११:५०

















