३० औ जनयुद्ध दिवस मनायो जनप्रगतिशील मञ्च कतारले

वि.सं.२०८१ फागुन ४ आइतवार ०१:२०

कतार – नेपाली जनप्रगतीशील मञ्च कतारले ३० औ जनयुद्ध दिवस तथा प्रथम साधारणसभा सम्पन्न गरेको छ ।
शुक्रबार नेकपा माओवादीले २०५२ फाल्गुन ०१ गतेका दिन सशस्त्र युद्ध शुरु गरेको दिनलाई स्मरण गर्दै कतारमा विविध सास्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको हो। कतारको सनैयामा अवस्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष राज देवकोटाको सभापतित्वमा तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया समन्वय प्रदेशका सह इन्चार्ज डिवी क्षेत्रीको प्रमुख आतिथ्यतामा शुभकामना अदान प्रदान सहित जनयुद्ध दिवस सम्पन्न भएको थियो ।
विभिन्न संघ संस्थाहरुको प्रतिनिधि व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिबी क्षेत्रीले नेपाल र नेपालीहरुको आमूल परिवर्तन ल्याउनको निम्ति सशस्त्र युद्ध गरेको दिन लाई स्मरण गर्दै माओवादी आन्दोलनले ल्याएको आमूल परिवर्तन अरुको भन्दा भिन्न रहेको र ८४ मा नेकपा माओवादीको बहुमत आउनेमा आफू विस्वस्त रहेको बताउदै आन्दोलनमा होमिएका सम्पुर्ण विरगती प्राप्त गर्ने सम्पुर्ण सहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रम नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मध्य एसिया समन्वय प्रदेशका अध्यक्ष शनि कुमार ओलिको विशिष्ट अथित्यता रहेको उक्त कार्यक्रममा माओवादीले गरेको युद्धले गुमाएका घटनाहरु स्मरण गर्दै जनयुद्ध आम जनमा स्वतन्त्रता आएको र जनयुद्ध कसैको घमण्डको रुपमा नभई देश परिवर्तन इतिहासको रुपमा लिन ओलीले आग्रह गर्नु भएको थियो ।
नेपाली राष्ट्रिय गान बजाएर सुरुवात गरेको कार्यक्रममा विभिन्न काल खण्डमा सहादत प्राप्त गर्ने सहिदहरुपर्ती १ मिनेट मौन धारण गरि श्रदान्जली अर्पण गरि प्रमुख अतिथि क्षेत्रीले दियो बाली ब्यानर अनावरण गरि उद्घाटन गरेका थिए।
मञ्चका उपाध्यक्ष सरिता भण्डारीले स्वागत मन्तव्यद्वारा स्वागत गरेका कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि ,समाजसेवी , बुद्धिजीवी पत्रकार , कालाकार लगायत जनयुद्धको शुरुआत देखि माओवादी सङ्ग आस्था राख्ने विभिन्न आन्दोलनमा होमिएका नेता तथा कार्यकर्तहरुको बाक्लो उपस्थिति रहेको थियो।
मञ्चका महासचिव योगेन्द्र तामाङले सहजीकरण गरेको थियो।

वि.सं.२०८१ फागुन ४ आइतवार ०१:२०