बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै
वि.सं.२०७८ माघ २६ बुधवार ११:२०
1.01K
shares

नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको हो ।
मंगलबार सभापति बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो ।
काँग्रेस म्याद सिकाएका भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन उन्मुख गराउने तयारी छ । त्यसका लागि नयाँ कमिटी ल्याउने कि वर्तमान कमिटीलाई अधिवेशन गराउने गरि समय थप्ने भन्नेमा छलफल भइरहेको छ । यस्तै अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुनभित्र अधिवेशन गराउने काँग्रेसको तयारी छ ।
वि.सं.२०७८ माघ २६ बुधवार ११:२०

















