skip this farak Kura Pravakar

उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता र पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी कामका सिलसिलामा विभिन्न कार्यालयमा रहँदा उनले ६१ लाख २ हजार ७६ रूपैयाँ भ्रष्टाचार गरेर कमाएको अख्तियारको दाबी छ ।

२०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापाको सम्पत्ति तथा खर्चको हालको मूल्यांकन २ करोड ३७ लाख ७८ हजार एक सय ९७ रुपैयाँ देखिएको तर १ करोड ७६ लाख ७६ हजार १ सय २० रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले दायर गरेको मुद्दामा थापाकी श्रीमती अन्जु खड्कासमेतलाई प्रतिवादी बनाइएको छ ।

थापाले अन्जुका नाममा जोडेको सम्पत्तिको स्रोत नदेखिएको अख्तियारको भनाइ छ ।

nijgadh-supermart-adz1200-630