लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा डुबेर २ जनाकाे मृत्यु
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.jpg)
वि.सं.२०७८ भदौ १५ मंगलवार १५:०२
![image image](https://faraknepal.com/wp-content/uploads/2021/08/dubera-death.jpg)
काठमाडौं : लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुर बस्ने ३१ वर्षीय मानबहादुर थारुको डुबेर मृत्यु भएको छ । सोही नगरपालिका–४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कपिलबस्तुमा पनि डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११, विजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीय बिनिता धोबीको डुबेर मृत्यु भएको हो ।
बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लुम्बिनी प्रहरी प्रहरी कार्यालय दाङले जनाएको छ ।
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.png)
वि.सं.२०७८ भदौ १५ मंगलवार १५:०२