skip this yams_Max_Hospital.jpeg

मनकामना केबलकार सञ्चालनमा

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मुग्लिन : कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आज सञ्चालनमा आएको छ । मनकामना मन्दिर खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो ।
  स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
    आज बिहानदेखि केबलकार सञ्चालनमा आएको उनले जानकारी दिए । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।
   गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम  स्टेशन) चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको  छ ।

nijgadh-supermart-adz1200-630