सहकारीका सञ्चालक–कर्मचारीलाई चिलिङ सेन्टर स्तरिय तालिम

वि.सं.२०७८ भदौ २९ मंगलवार २१:१२
1.38K
shares

बारा (निजगढ) : बाराको निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाकामा सहकारीका सञ्चालक समिति र कर्मचारीलाई चिलिङ सेन्टर स्तरिय तालिम सञ्चालन गरिएको छ ।
केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपालको आयोजना र कासाको सहयोगमा संस्थाका सञ्चालक र कर्मचारीलाई चिलिङ सेन्टर स्तरिय तीन दिने तालिम दिईएको हो । तालिम २ सेक्टर मा गरि ६ दिन सञ्चालन हुनेछ ।
तालिमको शुभारम्भ संघका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देबकोटाले गरेका थिए ।
बारा जिल्लाका ६ वटा सहकारी र रौतहटका तीन वटा सहकारी गरि ९ वटा दुग्ध सहकारी संस्थामा सञ्चालित जीएमपी प्रोग्राम अन्तरर्गत चिलिङ सेन्टर स्तरिय तालिमको शुरुवात बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए ।

वि.सं.२०७८ भदौ २९ मंगलवार २१:१२