skip this farak Kura Pravakar

गोरखामा ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु, दुईजना घाइते

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।
राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630