skip this farak Kura Pravakar

प्रहरी मेरो ‘दुस्मन’ ?

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनताको जिउधनको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी उसकै आचरणकै कारण बेला–बेलामा छबि विगार्न पुग्छ । त्यहि छबि सुधार्न प्रहरीले बेला–बेलामा जनताको विश्वास जित्न नारा ल्याउँछ । अहिले प्रहरीले ल्याएको नारा हो–प्रहरी मेरो साथी !
प्रहरीप्रति विश्वास, भरोसा टुट्यो भने राज्य कमजोर हुन्छ । प्रहरीको कमिकमजोरीलाई ‘मिनिमाईज’ गर्दै राज्यप्रति भरोसा कायम राख्न पत्रकार-सञ्चारकर्मीले जनता–राज्यको विचको पुलको काम गर्दै आएको छ । प्रहरी–पत्रकारको सहकार्यमा विभिन्न अपराध नियन्त्रण तथा न्यूनिकरणदेखि जनचेतनामूलक कार्य भईराखेका हुन्छ ।
प्रहरीसंग सर्वसाधारण डराउँछन, प्रहरी पनि डराउने भनेको पत्रकारसंग हो । पत्रकारिता पेशा नै जोखिम मोलेर गरिने पेशा हो । प्रहरीे ‘आचरण’ विपरित गरेका कामको पर्दाफास पत्रकार गर्छ । त्यसैले पत्रकारसंग प्रहरी रिसाउँछन् । तर, फेरी आम नागरिकजस्तै पत्रकारको पनि सुरक्षाको जिम्मा प्रहरीकै हुन्छ । सुरक्षित भएर पत्रकारिता गर्न पाउने पत्रकारको अधिकारको ग्यारेन्टी राज्यको अंग प्रहरीकै काँधमा छ ।
पत्रकार र प्रहरी विच हुने अस्वभाविक हिमचिमले अपराधिको संरक्षण हुन्छ । त्यसैले पत्रकार–प्रहरी सम्बन्ध धेरै नजिक र धेरै टाढाको पनि हुनुहुन्न भनिन्छ । तर यदाकदा यो सम्बन्धमा देखिने व्यक्तिगत आचरणका कारण सिंगो प्रहरी संगठन र पत्रकारिता जगत नै बद्नाम हुने गरेका प्रशस्त घटना छन् । यो आलेखमा मैले प्रहरीले पत्रकारसंग कसरी दुस्मनी साध्ने रहेछ भन्ने रौतहटमा भएको घटनालाई प्रस्तुत गर्दैछु ।

घटना रौतहट सदरमुकाम गौरको हो । साउन अन्तिम राती सामाजिक सञ्जालको ग्रुपमा लागु औषधसहित रौतहटमा प्रहरीले पत्रकारलाई पक्राउ गरेको छ, पक्राउ गरेका व्यक्तिलाई प्रहरीले फसाएको पनि हुन सक्छ भन्ने आशंका सहितको पोष्ट आयो । ग्रुपमा पत्रकारले समाचार लेखेको कारण फसाउन खोजिएको भन्ने विषयमा सामान्य छलफल भयो । केही दिनअघि पत्रकार मोजिबुल्लाहले घुमुवा असइका गलत क्रियाकलापबारे अनलाइनमा समाचार लेखेका थिए । त्यही रिसइबी साँध्न नियोजित रूपमा उनलाई लागुऔषध कारोबारमा फसाउन खोजिएको रौतहटका पत्रकारहरूले आशंका गरेका थिए ।
अनलाईन सञ्चालन गर्दै आएका ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र उनीसंगै मोटरसाईकलमा सवार राजपुर नगरपालिका ७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले लागुऔषध नाइट्राभेट सहित नियन्त्रणमा लिएको खबर थियो । खबर बाहिरिसंगै यसबारेमा पत्रकारको चासो हुने नै भयो । पत्रकारले शनिबार एउटा सिसीटिभी फुटेज बाहिर ल्याएका छन्, जसले प्रहरीको बर्दिभित्रको गुण्डागिरी र अपराध चरित्र बाहिर ल्याईदिएको छ ।

यसरी फसाए प्रहरीले
पत्रकार मोजिबुल्लाहसहित दुवैजना मोटरसाईकल पार्किङ्गमा राखेर होटल भित्र खाजा खाईरहेको मौका छोपेर प्रहरीले लागु औषध मोटरसाईकलमा ‘फिटिङ्ग’ गरेको भिडियो सार्वजनिक भएको छ ।
प्रहरी असइ उदय यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले मोटरसाइकलमा नाइट्राभेट राखेको भिडियोमा प्रष्ट देखिएको छ । घटनामा असइ यादव र प्रहरी जवान मनोज साहले र अन्य दुई युवा समेत संलग्न छन् ।
सिसिटिभीको साँझ ६ बजेर ७ मिनेटको फुटेज देखी ६ बजेर १८ मिनेटको फुटेजमा प्रहरीले दुस्मनी साध्न कतिसम्म गर्दो रहेछ भनेर पुष्टि हुन्छ ।
पत्रकार महासंघको विरोध
प्रहरीलेनै लागुऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै पत्रकार महासंघ रौतहटले गम्भीर आपत्ती जनाएको छ । प्रहरीले गरेको निन्दनीय अपराधका लागी रौतहटको प्रहरी प्रमुख देखी लिएर घटनामा संलग्न हवल्दार सम्मलाई तत्काल निलम्बन गरी कारवाही गर्न पत्रकार महासंघ रौतहटका अगुवा पत्रकारले माग गरेका छन् । नेपाल पत्रकार महासंघ रौतहटको लेटर प्याडमा विज्ञप्ती निकाल्दै केन्द्रीय सदस्य शिव पुरी, जिल्ला अध्यक्ष प्रेमचन्द्र झा लगायत अगुवाहरुले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने दुवै प्रहरीलाई कडा कारबाहीको माग गरेका छन् ।


प्रहरी के गर्दैछ ?
सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले मोटरसाइकलमा लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ । तर, प्रहरीलाई भने अझैं नियन्त्रमा लिइएको छैन ।
अन्त्यमा,पत्रकारलाई भयवित पार्ने र प्रहरी संगठनको शिर निहुँ¥याउने यो घटनाको निश्पक्ष छानविन हुन आवश्यक छ । विना सर्त फसाइएका दुवै पत्रकारलाई तत्काल रिहाइ गरियोस् ।
–पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य हुन् ।

nijgadh-supermart-adz1200-630