skip this yams_Max_Hospital.jpeg

पूर्व विद्याार्थीको अगुवाईमा गौरीशंकर बहुउद्देश्य सहकारी संस्था गठन

966 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको अगुवाईमा बाराको निजगढमा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन भएको छ ।
२०३६ देखि २०७३ सम्मका ३८ वटा ब्याचबाट एक/एक जना संस्था दर्ता सदस्यमा समेटिएका छन् ।
संस्था दर्ताका लागि २०५७ व्याचका खड्गराज मैनालीको संयोजत्वमा ९ सदस्य समितिले काम गरेको थियो । समितिको सदस्यमा प्रमोद सिग्देल, होमप्रसाद न्यौपाने महेश, सागर तमाङ्ग, गंगामाया श्रेष्ठ, समुन्द्र नेपाल, रामकृष्ण घिमिरे, अस्मिता आर्चाय, श्याम साह रहेका थिए ।
सहकारी निजगढ नगरपालिकामा दर्ता भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले संस्था दर्ता प्रमाणपत्र संस्थाका संयोजकलाई हस्तान्तरण गरेका छन् ।
यो पनि पढ्नुस्
निजगढका सेकुवा पसलका साहुजी ५ दिनदेखि बेखबर : श्रीमतीको हारगुहार (भिडियोसहित)
कार्यक्रममा नगरपालिकाका सहकारी संयोजक पद्मराज तिमल्सिना, प्रशासन अधिकृत रविन घिमिरे लगायतको सहभागि थिए ।
संस्थागत सेयर आह्वान गर्ने तयारी भईरहेको संयोजक मैनालीले जानकारी दिए । उनका अनुसार सदस्यले न्यूनतम २५१ कित्तादेखि एक हजार कित्तासम्म सेयर खरिद गर्न सक्नेछन् । ४ हजार सदस्य पु¥याएर १० करोड चुक्ता पुँजी संकलन गर्ने उद्देश्यले संस्था अघि बढाईने संयोजक मैनालीले बताए । संस्थाको सेयर वन्न गौरीशंकरमा नपढेकालाई पनि समेट्ने उनले जानकारी दिए ।
यो पनि पढ्नुस्
छिनछिनमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि नेता दंगालको पहल
इन्टरनेटको माध्यमबाट नगदरहित कारोबारको विकास गर्ने र निजगढको केरा खेतीबाट रोजगारी र अवसर सृजना गर्न कच्चा पदार्थलाई समेत प्रयोगमा ल्याउने सहकारीले लगानी केन्द्रित गर्ने बताए ।
संस्थाले मुख्य राजमार्गसंगै जोडिएको निजगढ ८ शहीदचोकस्थित प्राईम बैंक रहेको भवनमा कार्यालय स्थापना गरेको छ ।

nijgadh-supermart-adz1200-630