skip this

भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्छ : राजेन्द्र लिङ्देन

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन्।

पार्टीले भ्रष्टाचारविरुद्ध वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उनले उक्त प्रकरणमा संलग्नलाई संरक्षणको प्रयास भइरहेको बताउँदै भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए।

विदेशी चासोका कारण शरणार्थी प्रकरण अनुसन्धान अगाडि बढेको भन्दै यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापित गर्न देशभर अभियान गरी जनतालाई मुलुकको वर्तमान अवस्थाबारे सुसूचित गराउने जानकारी दिए।

nijgadh-supermart-adz1200-630