skip this

गणतन्त्र दिवस, बुटवलमा खुला दौड प्रतियोगिता

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार भएको पाँच किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखीक्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन् ।

उनले १६ मिनेट ३० सेकेन्डमा पाँच किलोमिटरको दूरी पार गरे। प्रतियोगितामा नविन औधोगिक माविमा ११ कक्षामाअध्ययरत प्रशान्त थापा दोस्रो भए। उनले सो दूरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए। त्यस्तै, कालिका मानवज्ञानका राजनबलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए।

यसैगरी, महिलातर्फ घोराहीकी अनिषाचौधरी प्रथम भईन। उनले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरेकी थिईन । कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन। कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दूरी पार गरी प्रतियोगितामा तेस्रो भईन।

लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधारसँगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको परिषद्का सदस्य सचिवजयप्रकाश भट्टराईले बताए । खेलाडीहरुलाई आर्थिक रुपमा सबल हुने गरी सरकारको योजना र कार्यक्रमहरु अघि बढेको उनको दाबी छ । प्रतियोगितामाप्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशस् नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आईतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा एक समारोहबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रुपन्देही, कपिलबस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायतका एक सयभन्दा बढी खेलाडीहरु सहभागी थिए ।

nijgadh-supermart-adz1200-630