skip this farak Kura Pravakar

टाउकोको नसा सम्बन्धी रोगबाट पीडित सिंगौलकी सरिता राना मगरको उपचारका लागि आर्थिक सहयोगको अपिल

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा जिल्लाको निजगढ नगरपालिका–२, भरतगञ्ज सिङ्गौलकी ४३ वर्षीया सरिता राना मगरको गम्भीर टाउकोको नसा सम्बन्धी रोगबाट पीडित भई हाल काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ ।

चिकित्सकका अनुसार उहाँलाई दायाँ पारिएटल भागमा रहेको AVM (Arteriovenous Malformation) फुटेर भएको रगत जम्ने (Right FTP Hematoma) का कारण मस्तिष्कमा दबाब (Mass Effect) र मिडलाइन सिफ्ट देखिएको थियो । उक्त गम्भीर अवस्थाका कारण उहाँलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो ।

उपचारको क्रममा मिति २०८२/१०/०४ देखि उहाँमा दायाँ तर्फ RTP DC गरी हेमाटोमा हटाउने (Hematoma Evacuation) तथा Lax Duraplasty शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पताल स्रोतले जनाएको छ । हाल उहाँलाई थप उपचारका लागि Embolization गर्ने योजना रहेको छ ।

लामो र खर्चिलो उपचारका कारण सरिता राना मगरको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर बन्दै गएको बताइएको छ । यसैबीच निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजन श्रेष्ठले पीडित परिवारको आर्थिक अवस्था नाजुक रहेको भन्दै उपचारका लागि सहयोग गरिदिन सबैमा हार्दिक अपिल गर्नुभएको छ ।

वडा अध्यक्ष श्रेष्ठले मानवीय संवेदनालाई आत्मसात् गर्दै औषधि उपचारका लागि आर्थिक सहयोग गरिदिन सर्वसाधारण, संघ–संस्था तथा सहयोगी मनहरूलाई आग्रह गर्नुभएको छ ।

उनका पारिवारिक सदस्य लालबहादुर दलार्मीले आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको जनाएका छन् । उनले सहयोगी मनहरुले माछापुच्छे« बैंकको खाता नं. 1240081852800011 मा जम्मा गरिदिन आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630