मधेसमा अर्काे एउटा, राजनीतिक झड्का ! एमाले संसदीय दलका नेता सराेजकुमार यादव मुख्यमन्त्री नियुक्त
वि.सं.२०८२ कात्तिक २४ सोमवार ०६:५३

बारा-मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कार्तिक २३ राती नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन्
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।
यादव महोत्तरीबाट निर्वाचित मधेश प्रदेश सभा सदस्य हुन् । प्रदेश प्रमुखले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (मधेश प्रदेश), र प्रदेश सभा सचिवालयलाई उक्त नियुक्तिको जानकारी गराउनुभएको छ ।
मुख्यमन्त्रीमा नियुक्त सरोज कुमार यादवलाई प्रदेश प्रमुखले हार्दिक बधाईसहित शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनकाे प्रकृया थाल्न भन्दै एमाले बाहेका मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुले प्रदेश प्रमुख भण्डारीलाई भेटेर दबाब दिएका थिए ।

विश्वासकाे मत लिने क्रममा माओवादीका दुई जना सांसदले विद्राेह गरेपछि लाेसपाका जीतेन्द्र साेनल नेतृत्वको सरकार २५ दिनमै ढलेकाे थियो ।
बहुमत पुर्याएर आफ्नै नेतृत्वमा सरकार गठन हुने विश्वासमा रहेका साेनललाई झड्का लाग्ने गरि एमालेका यादव मुख्यमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत आक्राेश पाेखेका छन् ।
उनले लेखेका छन्-मधेश प्रदेशको जनतासंग धोका भयो ।स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेश का प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारी ले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेश को अस्मितालाई समाप्त पार्ने खेल गरिन।
एक त महिला अर्को स्वास्थ को कुरा गरिन।
वि.सं.२०८२ कात्तिक २४ सोमवार ०६:५३

















