skip this farak Kura Pravakar

शक्ति खोलाको शक्तिश्वर मन्दिर गुफामा मंसिर ७ मा हरिबोधिनी एकादशी मेला लाग्ने

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–१३ डम्बरपुरस्थित शक्तिश्वर मन्दिर गुफामा हरिबोधिनी एकादशी मेला आयोजना गरिने भएको छ ।

मेलामा विभिन्न संस्कृतिक नृत्य, खेल र मनोरञ्जनात्मक स्टलहरु राखिने मेला आयोजक समितिका अध्यक्ष दिपक न्यौपानेले जनाएको छ ।

यहि मंसिर ७ गते विहिबार बिहानैदेखि नदी किनारमा फूल तार्ने र पूजा गर्ने भक्तजनको भिडसँगै मेला पनि लगाउने तयारी भएको हो ।

हरिबोधिनी एकादशीको दिन शक्ति खोला किनारमा पर्ने शिव शक्तिश्वर मन्दिर गुफा परिशरमा हरेक बर्ष मेला लाग्ने गरेको छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।

भगवान विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा पनि गरीन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन छ ।

मेला आयोजक समितिका अध्यक्ष न्यौपानेका अनुसार मेलामा डम्बरपुर, रतनपुर, भक्तलाल, हेटौडा, आम्लेखगञ्जबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु ढोलीमा फूल, प्रसाद लिएर शक्ति नदीमा फूल तार्न आउने गरेका छन् ।

सोही दिन भजन, कृतन, नाचगान गरेर पूजा गरेर तोरन नदीमा टाँगिने गरिन्छ ।

 

nijgadh-supermart-adz1200-630