श्री जनजागृती आधारभूत विद्यालय खोल्माटोलको ३७ औं विद्यालय जन्म जयन्ती सम्पन्न
वि.सं.२०८२ पुस ६ आइतवार १६:२१

बारा–बाराको निजगढ–५ खोल्माटोलस्थित श्री जनजागृती आधारभूत विद्यालयको ३७ औं विद्यालय जन्म जयन्ती तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
जन्म जयन्ती तथा अभिभावक दिवस समारोहको निजगढ नगरपालिकाका उपमेयर सोममाया थिङ्गले पानसमा बत्तीबालेर उद्घाटन गरेकी छिन् ।
उद्घाटन कार्यक्रमलाई पुगेकी उपमेयर थिङ्गले विद्यालयले प्रवेशद्धारबाटै पुष्पगुच्छासहित स्वागत गरेको थियो ।
जन्म जयन्ती तथा अभिभावक दिवस समारोहको समुद्घाटन गर्दै उपमेयर थिङ्गले विद्यार्थीहरुलाई प्रतिभा देखाउने अवसर पनि भएको बताईन् । उनले सानो विद्यालय भएर पनि भौतिक र शैक्षिक प्रगति गरिरहेको बताईन् ।
त्यस्तै निजगढ नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापाले विद्यालय स्थापनामा योगदान गरेकालाई सम्मान गर्दै अघि बढ्नु पर्ने बताउँदै विद्यालयप्रति सकारात्मक सोच भएका अभिभावकले गल्तीलाई सच्याउन विद्यालयमा आएर कुरा राख्ने बताए ।
त्यस्तै पूर्व प्रअ रामेश्वरप्रसाद अधिकारीले विद्यालयको स्थापना स्थापनाकालको अवस्था बारेमा स्मरण गराएका थिए ।
कार्यक्रममा श्री सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयमा भविष्यमा अझ प्रतिस्पर्धी र शैक्षिक उपलब्धि हासिल गराउन एकाकार भएर लाग्ने प्रतिवद्धता जनाए ।
गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले विद्यार्थीमा प्रविधिले पारेको प्रभावबारे अभिभावकहरु सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक श्रीहरी न्यौपाने, समाजसेवी पुरुषोत्तम भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै विद्यालयका अभिभावक समेत रहेका कलाकार नवराज राउतले मन्तव्यसहित सांगेतिक प्रस्तुती राखेका थिए ।
कार्यक्रमा विद्यालयका प्रधानाध्याक शिवप्रसाद नेपालले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष साजन ढुंगाना भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य सर्मिला वि.क., वडा नंं ५ का वडा सदस्य आशा चौलागाई, कुञ्जरमणी सापकोटा, सविता दर्जी, लिलानाथ गौतम, सार्वजनिक माध्यमिक विद्यालयका अध्यक्ष दुर्गा गौतम, जनकल्याण आधारभूत विद्यालयका शिक्षक अरुण कुशवाह लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि विद्यालयका संस्थापक सदस्य एवं पूर्व व्यवस्थापन समिति अध्यक्ष पूर्व अध्यक्ष पूर्णबहादुर चौलागाई, भिमप्रसाद तिमल्सिना, निवर्तमान शिक्षक अभिभावक संघ अध्यक्ष नारायणप्रसाद ढुंगाना, विद्यालय भवन निर्माण समितिका अध्यक्ष नवप्रसाद अधिकारी र सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोज सापकोटा, कविता थापा, सर्मिला वाईवा, कमल थापा, पूर्व टोल टोल विकास समितिका अध्यक्ष यज्ञप्रसाद गौतम, समाजसेवी दुर्गाबहादुर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
सम्मान तथा पुरस्कार
कार्यक्रमको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो । शैक्षिक सत्र २०८१ को उत्कृष्ट शिक्षक सम्मान हिमकनिका तिमल्सिनालाई प्रदान गरिएको छ ।
त्यसैगरि दिर्घ सेवा पुरस्कारबाट गोलकुमारी दनुवार सम्मानित भएकी छिन् । कार्यक्रमको अवसरमा पूर्व बालविकास शिक्षिका उमा नेपाललाई विदाई सम्मान गरिएको थियो ।
कार्यक्रममा असल अभिभावक सम्मान मनकुमारी घलानलाई प्रदान गरिएको थियो ।
त्यसैगरि अतिरिक्त क्रियाकलापमा भाग भएका नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीले हाजिरीजवाफ, म्यूजिकल चेयर, तातो आलु, म्याथ म्याटिक रेस, दौड लगायतका खेलकुद कार्यक्रमा विजयी खेलाडी सम्मान गरिएको थियो ।
त्यसैगरि नर्सरीदेखि कक्षा ५ सम्मका दोस्रो त्रैमासिक परीक्षामा प्रथम, दितीय, त्रितृय र सान्त्वना भएका विद्यार्थी र नर्सरीदेखि कक्षा ५ सम्मका अनुशासित विद्यार्थीलाई समेत पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
बालगोपाल अक्षयकोषबाट जनही नगद एक हजार पाँच सय र प्रमाण पत्रसहित कक्षा ५ मा सर्वोकृष्ट हुने विनिता पौडेल र कुशल घिमिरेलाई प्रदान गरिएको छ । उनीहरुलाई अक्षयकोष दाता गोपाल प्रसाद सापकोटाले नगद र प्रमाण पत्र वितरण गरेका हुन् ।
रामभक्त दनुवार अक्षयकोष विपन्न तथा जेहेन्दार ४ जना विद्यार्थीलाई जनही नगद एक हजार र प्रमाण पत्र प्रदान गरिएको छ । पुरस्कार पाउनेमा कक्षा २ का सोनिया मोक्तान, समिर बोम्जन, कक्षा ३ का समिर भट्टराई, कक्षा १ का वर्षा बजगाई रहेका छन् ।
त्यसैगरि शिक्षिका गोलकुमारी दनुवारले अजय ढुंगानालाई शैक्षिक सामाग्री सहयोग गरेकी थिईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साजन ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्य अप्सरा अर्याल र विद्यार्थी युना ढुंगानाले स्वागत र सञ्चालन सञ्जय तिमल्सिनाले गरेका थिए ।
वि.सं.२०८२ पुस ६ आइतवार १६:२१
















