skip this farak Kura Pravakar

साना किसान डुमरवानाले आज ३० औं बार्षिकोत्सव तथा स्थापना दिवस समारोह मनाउँदै

बार्षिकोत्सव तथा स्थापना दिवसमा विद्यालयदेखि धार्मिक संस्थामा सहयोग

483 shares
oil-nigam-amlekhgunj-adv.jpeg
बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित साना किसान कृषि सहकारी संस्था लि. ले आज बुधबार ३० औं बार्षिकोत्सव तथा स्थापना दिवस समारोह मनाउँदैछ ।
जीतपुरसिमरा–१४, मौलापुरस्थित संस्थाको एकिकृत कृषि सेवाकेन्द्रमा आयोजना हुने ३० औं बार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा सञ्चालक समिति, लेखा समिति, विषयगत समिति, कर्मचारी, अध्यक्षसहित अन्तर समुहका ४ जना सहभागि हुने संस्थाका मुख्य व्यवस्थापक प्रकाश रिमालले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागिलाई राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठक र नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले सहकारी शिक्षा तथा अन्तर समुह सुदृढिकरण सम्बन्धि प्रशिक्षण दिनेछन् ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गरेर यो वर्ष बार्षिकोत्सव तथा स्थापना दिवस मनाईएको संचालक समिति अध्यक्ष प्रदिपसिंह बरालले जानकारी गराएका छन् । उनका अनुसार विद्यालय र धार्मिक स्थलहरुमा विभिन्न सहयोग सामाग्री सहयोग गरिएको छ ।
संस्थाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं ०३ बजिनिमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत दलित, जनजाती, मुस्लिम, पिछडिएका र सिमान्तकृत समुदायका  विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ  ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ स्थित फरदहवा रहेको बाल शिक्षा कार्यक्रम अन्तर्गत अध्ययन गरिरहेका दलित, जनजाती, मुस्लिम, पिछडिएका र सिमान्तकृत समुदायका ससाना विद्यार्थीहरुलाइ समेत शैक्षिक सामाग्री वितरण गरेको छ ।
त्यस्तै डुमरवाना सेवा केन्द्र अन्तर्गत पर्ने जीतपुरसिमरा उपमहानगरपालिका–१५ नयाबस्तीमा रहेको श्री जनकल्याण आधारभूत विद्यालयलाई भौतिक पूर्वाधार निर्माणका लागि एक ट्रिप करिब २ हजार थान इटा सहयोग गरेको छ ।
त्यसैगरी निजगढ सेवा केन्द्र अन्तर्गत निजगढ नगरपालिका–८ बकैयास्थित श्री सप्तऋषि सेवा समिति धर्मशालालाई खाद्यान्न सामग्री सहयोग गरिएको   छ । धर्मशालालाई ६ बोरा चामल, ५ लिटर तेल, आलु, प्याज, नुन लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
त्यसैगरी निजगढ नगरपालिका–१० लालमा रहेको पाल्युल ताम्सेनलिङ गुम्बालाई पनि खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । ३२ जना विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै त्यस्तै सोमबारका दिन यस श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जितपुर सिमरा १६ कतर्वामा बालविकास र कक्षा १ २ र ३ का बालबालिकाहरूका लागि स्टेसनरी सामग्री वितरण गरेको छ ।
त्यसैगरी कोल्हवी नगरपालिका वडा नं. १ खैरामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाइ ७ थान सिलिङ्ग पंखा समेत हस्तान्तरण गरेको छ ।
nijgadh-supermart-adz1200-630