skip this yams_Max_Hospital.jpeg

भदई पटेल स्मृति क्रिकेट प्रतियोगिताको उपाधि बेनौलीलाई

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बेनौली क्रिकेट क्लबले बाराको कलैयामा सम्पन्न भदई पटेल स्मृति टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कलैयास्थित सिद्धेश्वर खेल मैदानमा आयोजित प्रतियोगितामा आयोजक भदई–११ लाई ८० रनले पराजित गर्दै बेनौलीले उपाधि जितेको हो । टस जितेर बेनौली क्रिकेट क्लबले ब्याटिङ रोजेको थियो । पूरै २० ओभर खेलेर उसले ६ विकेटको क्षतिमा १७८ रन जोड्यो ।
भुलाउन सहनीले नटआउट १०९ रन जोडेर टिमलाई बलियो स्कोर दिन सफल भए । आशुतोष पटेल र मुन्ना मन्सुरले २/२ र सन्तोष कार्की र जटाशंकर सर्राफले समान १/१ विकेट लिए । १७९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भदई–११ ले राम्रो प्रदर्शन गर्न सकेन ।
१७ ओभरमा ९८ रन बनाएर भदई अलआउट भयो । उपाधि विजेताले नगद ३० हजार ५ सय, उपविजेताले नगद २० हजार ५ सय रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
साउन ११ गतेबाट शुरु भएको प्रतियोगितामा दुई शतक प्रहार गर्न सफल बेनौली क्लबका भुलाउन सहनी म्यान अफ द सिरिज बने भने वेष्ट व्याट्स म्यान अरनिको यादव र बेष्ट बलर मुन्ना मन्सुर बन्न सफल भए ।
म्यान अफ दी म्याच भुलाउन सहनी, वेष्ट फिल्डर आशुतोष पटेल, वेष्ट क्याच सोनी राम र इमर्जिङ प्लेयरको उपाधि विनय पासवानलाई प्रदान गरियो । प्रतियोगितामा बारा र पर्साका गरी १२ वटा टिम सहभागी भएका थिए ।

nijgadh-supermart-adz1200-630