आइसिसी क्रिकेट विश्वकपः आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै
वि.सं.२०८० असोज २७ शनिवार ०८:५०

काठमाडौं । आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। भरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ।
जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २÷२ खेल जितेका छन् । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो।
पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो।क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक कडा प्रतिस्पार्धा भएको छ । र, सबै खेल भारतले जितेको छ। विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ।
वि.सं.२०८० असोज २७ शनिवार ०८:५०

















