skip this

यौन सङ्क्रमणका लक्षणहरू र यसबाट बच्ने उपायहरु

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । यौन सङ्क्रमणको लक्षण देखिनासाथ स्वास्थ्यकर्मीहससंग सरसल्लाह लिइ उपचार गर्नुपर्छ । यसको उपचार कुनै पनि स्वास्थ्य निकायमा पाईन्छ । यौन रोग विशेषज्ञसंग परामर्श गर्न सकेमा झनै राम्रो हुन्छ ।

उपचार गर्दा पतिपत्नी दुबै वा यौन जोडी अरूपनि छन् भने उनीहरूलाई पनि खोजी खोजी गर्नुपर्छ । किनकि एक जोडीले मात्र उपचार गरेमा यो रोग फेरि पनि सर्न सक्दछ । यौन सङ्क्रमणको उपचार गरिरहेकाले यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ ।यौन सङ्क्रमणका लक्षणहरू र यसबाट बच्ने उपायहरु यसप्रकार छन् ।
१. यौनाङ्ग वरिपरि चिलाउनु

२.यौनाङ्गहरूका वरिपरि मसिना विमिराहरू आउनु र पोल्नु,

३.लिङ्ग तथा योनीबाट असामान्य रूपमा स्राव हुनु जस्तै स् पीप, सेतो पानी, गन्हाउने पानी, इत्यादि

४. पिसाब गर्दा दुख्नु र पोल्नु,

५. अरु बेलाभन्दा धेरै पटक पिसाब लाग्नु,

६. घाउहरू आउनु वा सुन्निनु,

७.यौन सम्पर्क राख्दा दुख्नु,

८. महिलाहरूमा रजस्वला चक्रको बीचबीच समयमा पनि रगत बग्नु, आदि भएमा यौन रोग लागेको हुनसक्छ ।

nijgadh-supermart-adz1200-630