skip this

इमान्दारिताका साथ गठबन्धन चुनावी मैदानमा उत्रिएको छ–प्रकाशसरण महत

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशसरण महतको भनाई छ । आज चुनावी अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँग कुराकानीमा पार्टी प्रवक्ता डा. महतले गठबन्धनले एक अर्कालाई वडातहदेखि केन्द्र तहसम्म इमान्दारिताका साथ पूर्ण सहयोग गर्ने बताएका हुन्।

उनले हाल निर्वाचन प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेका कांग्रेस भ्रम र सपना देखाउने पार्टी नभएको बताउँदै निर्वाचनमा जित हासिल गर्ने गठबन्धनले शिक्षा, रोजगारी, स्वास्थ्यमा जनतालाई निराश नबनाउने बताएका छन् । उनले मुलुकको विकास र सम्बृद्धिका लागि गठबन्धनको जित आवश्यक रहेको बताउँदै गठबन्धनले रोजगारीको लागि मुलुकभित्रै वातावरण बनाउने उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630