कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने
 
                        					
        								वि.सं.२०८० वैशाख २२ शुक्रवार २०:०४
        						            591
        						            shares
        						            
        						        
काठमाडौं-नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल गरेको हो ।
बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतले वैशाख २८–२९ गते तिर बैठक बोलाउने सम्भावना रहेको बताए । उनका अनुसार मिति भने तय हुन बाँकि छ ।
भ्रातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनले बताए ।
 
							वि.सं.२०८० वैशाख २२ शुक्रवार २०:०४
 
				 
						 

















