skip this

सरकारले नागरिकलाई केन्द्रविन्दुमा राखेर जनमुखी काम गर्नुपर्छ –अनिता देवकोटा

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काडमाडौं । नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्न नहुने राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले बताएकी छन् । आजको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताएकी छन् । सरकारले नागरिकलाई केन्द्रविन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने उनले बताएकी छन ।

बैठकमा बोल्दै देवकोटाले केही दिनअघि विद्यार्थीहरूले आफ्नो पोसाकमा ‘अब खाडीमा भेटौँला’ भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नरहेको स्पष्ट भएको बताएकी छन् । उनले युवाले ‘देशमा हाम्रो भविष्य छैन’ भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘अबको सरकारले यो वा त्यो बहानामा चुक्ने छुट छैन । नागरिकलाई केन्द्रविन्दुमा राखेर सेवा दिने कुरामा अत्यन्त सजगताका साथ सरकार अघि बढ्नुपर्छ । बच्चाहरूले अब खाडीमा भेटौँला है भन्ने शब्द शर्टमा लेखेका छन्, यो नेतृत्वप्रतिको असन्तुष्टि, देशप्रति भरोसा नभएको कुरा, अब युवाले देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश हो । यो निराशाजनक छ, यसलाई समयमा नै सम्बोधन गर्नुपर्छ ।’

nijgadh-supermart-adz1200-630