सेयर बजार राताम्मै, १५.७३ अंकले घट्यो
वि.सं.२०८० वैशाख ७ बिहीवार १५:३५
894
shares

काठमाडौं। आज सेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । आज सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएको हो।
यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसैगरि कुमारी बैंक लि। को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । आज कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।
वि.सं.२०८० वैशाख ७ बिहीवार १५:३५

















