तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्छ–सांसद शाह
वि.सं.२०७९ चैत २१ मंगलवार १५:४४
204
shares

काठमाडौं। तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा (एकीकृत समाजवादी) की सांसद मदन कुमारी शाह (गरिमा) ले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गरेर तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने उनको भनाइ छ ।
वि.सं.२०७९ चैत २१ मंगलवार १५:४४
















