skip this farak Kura Pravakar

यात्रा संस्मरण : ८५ वर्षिया आमाको मुक्तिनाथ पुग्ने सपना ! (भिडियोसहित)

6.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मनमा आस्था भयो भने भित्रैबाट उर्जा आउँछ भन्ने एउटा रोचक घटना हामी आज यो भिडियोमा देखाउँदैछौं । यो ८५ वर्षिया आमाको मुक्तिनाथ यात्रा हो । उहाँ नरलक्ष्मी गौतमको मनमा एक दिन मुक्तिनाथ यात्रा गर्छु भन्ने थियो । यो यात्रा गर्ने चाहाना राखेको २५ वर्ष भईसकेको थियो । यसअघि पनि दुई पटक योजना बनेपनि सफल भएको थिएन् ।

पहिलो पटक योजना बनाएको अढाई दशकपछि आमाको सपना पुरा भएको छ । उहाँ भक्तपुरको बालकोटस्थित रोजभिलेजबाट छोरा रामचन्द्र र बुहारी सर्मिलासंगै कोलनीका छरछिमेकीसहित मुक्तिनाथ यात्रामा जानु भएको हो ।
काठमाडौंबाट स्कारपिओ चढेर निस्किनु भएको उहाँको पहिलो बास म्याग्दी जिल्लाको बेनीस्थित अलौकिक धामको गलेश्वर महादेवको काखमा पुगेर बास बस्नु भयो । त्यहाँबाट उठेर पवित्र तातोपानी कुण्डमा पुगेर स्नान गरेर यात्रा अघि बढाउनु भयो ।

त्यहि दिन कागवेनी पुगेर स्वर्गिय पतीको श्राद्ध सकेर मुस्ताङ्गको मुक्तिनाथतर्फ अघि बढ्नु भयो । सोहि साँझ उहाँको टोली मुक्तिनाथको काखैमा पुग्नुभयो । भोलीपल्टको विहानीसंगै मनको संकल्पसहित मुक्तिनाथ दर्शनका निमित्त निस्किीनु भयो । तर, मौषम प्रतिकुल थियो । ५० पाईला नचाल्दै उहाँलाई स्वास फेर्न गाहे भयो । पाईला चाल्नै गाहे भएपछि घोडा चढेर उहाँ मुक्तिनाथ प्रवेशको दोस्रो गेट सम्म पुगेपछि छोरा रामचन्द्रले काँधमा बसेर मन्दिर छेउ सम्म पुग्नु भयो ।

मन्दिरको काखैमा पुगेपछि उहाँमा बेग्दै उर्जा आयो । उहाँ पैदल हिड्न थाल्नु भयो । हिउँ झरिरहेको थियो । चिसो हावा नकनाशले चलिरहेको थियो । मन्दिर पुगेपछि अझ उर्जा थपियो । मन्दिर पस्न जल छुन गाहे हुने अवस्थामा आमाले १०८ धारामा पुगेर जलधारण गर्नुभयो । जुन चानचुने हिम्मतको कुरा थिएन् । उहाँमा त्यस्तो उर्जा कसरी आयो होला भनेर सबै अचम्मित थिए । त्यसपछि उहाँले मुक्तिनाथ मन्दिर प्रवेश गरेर दर्शन गर्नुभयो । सवा लाख बत्ति जलाउनु भयो । दर्शन र बत्ती बालेपछि मन्दिरबाट तल उहाँ पैदल नै फर्किनु भयो ।

आस्थाभित्र कति धेरै उर्जा हुने रहेछ भन्ने बलियो उद्धाहरण आमाले सबैलाई दिनुभएको छ ।

भिडियो :

nijgadh-supermart-adz1200-630