skip this

रुसी हमलामा परेर फक्स न्युजका दुई जना पत्रकार मारिए, एक घाइते

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

न्युयोर्क। रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ ।

मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् ।

हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् ।

गम्भीर घाइते हलको उपचार भइरहेको छ ।मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् ।

उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए ।

nijgadh-supermart-adz1200-630