skip this

पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग एमाले निकट अनेरास्ववियुको माग

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाउन नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारसँग माग गरेको छ । पछिल्लो दुईपटक भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि सरकारले मूल्य नघटाएको अनेरास्ववियुको आरोप छ । आज अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उक्त मागगरिएको छ ।

जारी विज्ञप्तिमा भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ, डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको उल्लेख छ । भारतले मूल्य बढाएर पठाउँदा देशमा पेट्रोलियम पदार्थको मूल्य बढाउन हतार गर्ने सरकारले मूल्य घटेर आउँदा भने चुपचाप बसेको अनेरास्ववियुको आरोप छ ।

nijgadh-supermart-adz1200-630