skip this

एमालेले सत्तामा हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गर्ने गरेको छ –राम नारायण विडारी

1.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नागरिकता विधेयकमा राष्ट्रलाई अहित हुने खालको कुनै पनि प्रावधान नरहेको वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रिय सभा सदस्य राम नारायण विडारीले दाबी गरेका छन्।आज अखिल क्रान्तिकारी नेपाल ल क्याम्पसले दसैं तिहारको पूर्व सन्ध्यामा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता विडारीले आफ्नो पार्टीले नागरिकता विधेयकलाई समर्थन गरेको भए पनि एमालेले समर्थन गरेको देखिएन भन्दा उसको दोहोरो चरित्र देखा परेको जिकिर गरेका छन् ।

विडारीले नागरिकता विधेयकबारे नेकपा एमालेले अनावश्यक बखेडा गरिरहेको आरोप लगाएका छन् ।उनले राष्ट्रपतिकहाँ गएको नागरिकता विधेयकमा एमालेले आरोप लगाएको कुरा नलेखेको दाबी गरे। उनले एमाले सत्तामा हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गर्ने गरेको आरोप लगाए। विडारीले नागरिकता विधेयकबारे अनावश्यक हल्ला फैलाइएको टिप्पणी गरेका छन् ।

nijgadh-supermart-adz1200-630