आज अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आउँदै
वि.सं.२०७९ माघ १५ आइतवार ०९:३८
885
shares

काठमाडौं ।आज (आइतबार ) अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आउँदै छिन्।भ्रमणका क्रममा उनी दुई दिन काठमाडौंमा रहने छिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता कार्यतालिका रहेको छ।
नुल्याण्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ। लामो कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
वि.सं.२०७९ माघ १५ आइतवार ०९:३८

















