क्रान्तिकारी नेता विप्लवबाट जब ‘पार्टी पोपर’ नै फुटेन ! (भिडियो)
नाच्न चाँही सिपालु !
वि.सं.२०८० जेठ १ सोमवार १९:१६

राजनीतिक बृत्तमा चर्चामा आउने र सेलाउने प्रशंग हो–बाम एकता !, समाजवादी धु्रविकरण ! २०७८ मा बाम एकता भयो, केही वर्ष सरकार चल्यो तर त्यो टिकेन बरु थप क्षति ब्यहोर्दै कम्यूनिष्ट एक हुदैनन् भन्ने भाष्य स्थापित गर्न मद्दत पुग्यो ।
पुनः एमालेसहितको बाम एकता वा एमाले बाहेकको समाजवादी ध्रुविकरणको बहस चैत–बैशाखको हावाहुरीजस्तै चलिरहेको छ । माओवादी–नेसपा, नेकपा एस–जसपा नजिक नजिक पुगेर पनि नजिक हुन सकेका छैनन् भने माओवादी–नेसपा, नेकपा एस एकता पनि चर्चामै सिमित छ ।
माउ पार्टीबीच औपचारिक रुपमा एकता प्रकृया अघि नबढेपनि त्यसलाई बल पुग्ने गरि विद्यार्थी संगठनको माहोल सृजना गरिरहेका छन् । अखिल स्थापनाको ६ दशक पुग्नै लाग्दा छिन्नभिन्न बनेको ५ घटक अखिल एकै मञ्चमा उभिएर अबको बाटो के हुने भनेर नेताहरुलाई मञ्चमा बोल्न लगाए, जनवादी गितमा नाच्न लगाए । जमलस्थित राष्ट्रिय नाच घरमा ५९ औं विद्यार्थी दिवसलाई उत्सवका रुपमा मनाए ।
प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख अतिथिका रुपमा आउने प्रचार गरिएपनि पार्टी उपाध्यक्ष अग्नी सापकोटाले माओवादीबाट प्रतिनिधित्व गरे ।
दुई जना पूर्व प्रधानमन्त्रीसहित ४ पार्टीका अध्यक्षसहित पूर्व सभामुख मञ्चमा थिए । नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपाल, नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्नी सापकोटा, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लप सी’, अखिलका अध्यक्षहरु र पूर्व अध्यक्षहरु सहभागि कार्यक्रमको उद्घाटन गित प्रस्तुत गर्दै ‘पार्टी पोटड’ फोडेर गरिएको थियो । सबै शिर्ष नेतालाई ‘पार्टी पोपर’ थमाईएको थियो ।
माओवादीको क्रान्तिकारी धारको नेतृत्व गरिरहेका विप्लवले ‘पार्टी पोपर’ फोड्न असफल भए । लाख प्रयास गरे तर सकेनन् । विद्यार्थी नेताहरुले पनि पटक–पटक सहयोग गरे, प्रयास गरे तर फुटेन ! बाबुरामदेखि माधवसम्मले उत्साह थपेर फुटाएको ‘पार्टी पोपर’ विप्लवबाट नफुट्दा खल्लो भयो ।
कलाकारले गित प्रस्तुत गरे । त्यसमा कलाकारले हातै तानेर नेताहरुलाई नाचाईयो । मज्जाले जति विप्लव नाचे अरु नेताले नाच्न जानेनन् । उनी नाच्न पनि सिपालु रहेछन् अरु नेता भन्दा । गित गाउने कलाकार उनकै पार्टीका सांस्कृतिक विभागका थिए ।
भिडियो :
वि.सं.२०८० जेठ १ सोमवार १९:१६

















