skip this

आज आईतबार कुन भगवानको दर्शन गर्ने ?

4.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।

nijgadh-supermart-adz1200-630