skip this farak Kura Pravakar

जुम्लादेखि मुगुतर्फ आउदै गरेको जीप दुर्घटना :  दुई जनाको मृत्यु

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।

बिहान ६ बजेतिर मुगु तर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटना परी मुगुका दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै चालक र सहचालक दुवैको मृत्यु भएको छ भने मृतकको पहिचान खुलेको छैन ।

nijgadh-supermart-adz1200-630