skip this farak Kura Pravakar

यी हुन् राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनमा निर्वाचित भएका बाराका यूवा

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको पोखरामा सम्पन्न १० औं महाधिवेशनबाट बाराका चार जना निर्वाचित भएका छन् ।

महाधिवेशन पश्चात सम्पन्न मतदानबाट केन्द्रीय अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुँदा केन्द्रीय सचिवमा बाराका इन्जिनियर मोविन आलम निर्वाचित भएका छन् ।

त्यस्तै भूगोल केन्द्रीय समिति सदस्यमा बाराका राम यादव, दिपीका साह र भवाना आचार्य पनि निर्वाचित भएका छन् ।

दोस्रो पटक सचिवमा निर्वाचित आलम एमाले मधेस प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै दोस्रो पटक केन्द्रिय सदस्य निर्वाचित यादव पार्टीको परवानीपुर गाउँकमिटी अध्यक्ष हुन् ।

त्यस्तै निर्विरोध निर्वाचित भएकी साह यसअघि केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज थिईन् । उनी पार्टी पूर्व जिल्ला सदस्य समेत हुन् ।

त्यस्तै निर्विरोध निर्वाचित भएकी आर्चाय यसअघि युवा संघकी केन्द्रिय सचिवालय सदस्य थिईन् । उनी पार्टी जिल्ला उपसचिव समेत हुन् ।

देशभरबाट निर्वाचित सम्पूर्ण युवा केन्द्र सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

nera mabi laal
nijgadh-supermart-adz1200-630