skip this farak Kura Pravakar

राष्ट्रिय युवा संघमा पराजित भएपछि बाराका बिजयकाे आशावादी सन्देश: “हामी फेरि उठ्नेछौं”

बर्षौ देखि मन भित्र गुम्सीएका तिक्तताहरुको अन्त्य भएको टिप्पणी

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-राष्ट्रिय युवा संघ नेपालको दसौँ राष्ट्रिय महाधिवेशनमा मधेस प्रदेश (बारा भूगोल) बाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर पराजित निजगढका बिजय तिमल्सिनाले एक आशावादी सन्देश सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “होइन, निराश नहोऊ, हामी फेरि उठ्नेछौं ।”

यो सन्देशले धेरै प्रयोगकर्तालाई प्रेरित गरेको देखिन्छ। छोटो समयमै दर्जनौं प्रतिक्रिया, मनपर्ने, र टिप्पणीहरू प्राप्त भएको छ।

एक महिना नबित्दै दास्राे पटक निर्वाचनमा पराजित भएको अवस्थामा पनि निराशालाई चिर्दै बिजयको यस्तो सकारात्मक सन्देशले धेरैलाई नयाँ ऊर्जा दिएको छ ।

जेठ ९ देखि १२ गतेसम्म पोखरामा आयोजित महाधिवेशनमा मंगलबार निर्वाचन भएको थियाे । उनी सुमन पुरीकाे प्यानलबाट उम्मेदवार बनेका थिए । उनी संस्थापन ईतर समुहका हुन् ।

एमाले निजगढ नगर कमिटीकाे उपसचिव पदमा पराजित भएका बिजय राष्ट्रिय युवा संघमा समेत पराजित भएका हुन् ।

उनले थप लेखेका छन्- निर्णय प्रकृयाको एक उच्च बिधि हो निर्वाचन ! जुन १३ बर्ष पछि राष्ट्रिय युवा संघ नेपालको जीबनलाई ब्यबस्थित गर्ने क्रममा प्रयोग गरीएको छ यस निर्वाचन मार्फत बर्षौ देखि मन भित्र गुम्सीएका तिक्तताहरुको अन्त्य भएको छ । जीत्नेहरु नमातिनु हार्ने हरु नआतिनु सबैलाई हार्दिक बधाई एवंम कार्यकाल सफलता को शुभकामना ब्यक्त गर्दछु ।

nijgadh-supermart-adz1200-630