झापमा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग
वि.सं.२०७९ असार १० शुक्रवार १२:५७
1.21K
shares

काठमाडौं । झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ । बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका–१० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
उक्त जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ असार १० शुक्रवार १२:५७
















