ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा २ जनाको मृत्यु
वि.सं.२०७९ कात्तिक ६ आइतवार ११:५१
1.11K
shares

काठमाडौं। ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । ट्याक्टरमा सवार एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार दार्चुलाबाट गोकुलेश्वरतर्फ गइरहेको सु. प प्र ०२००१ त १४६७ नम्बरको ट्याक्टर उल्लानीमा दुर्घटना भएको हो । ट्याक्टरमा ३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक ६ आइतवार ११:५१

















