सहकारीको प्रमुख काम बचत गर्नु हो : सचिव चौलागाई (भिडियोसहित)
सगरमाथा साकोसको २४ औँ बार्षिक साधारण सभा
वि.सं.२०८० असोज २८ आइतवार १९:२५

बारा–राष्ट्रिय सहकारी महासंघका सचिव टेक प्रसाद चौलागाईले सहकारी संस्थाको प्रमुख काम बचत गर्नु भएको बताएका छन् ।
बाराको निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा कार्यक्रमको उद्घाटन गर्दै सचिव चौलागाईले बचत तथा ऋण सहकारीले बचतलाई प्राथमिकता दिनुपर्ने बताए । नियमित र अनिवार्य बचत गर्नुपर्ने बताए ।
सहकारीमा समस्या आउनुमा सेयर सदस्यले संस्था नचिन्ने र संस्थाले सेयर सदस्य नचिन्ने अवस्थामा पुगेकाले भएको बताए । उनले साधारण सभामा सेयर सदस्यले विशेष ध्यान दिएर सहभागिता जनाउनुपर्ने बताए ।
केन्द्रिय दुग्द्य उत्पादक सहकारी संघका सचिव एवं वागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले बचत तथा ऋण सहकारीमा सगरमाथाले आफ्नो पहिचान स्थापित गरेको बताए । उनले सुशासनलाई प्राथमिता दिएर कारोबार गर्न सकेमा सहकारीले समस्या भोग्नु पर्ने अवस्था नआउने बताए ।
कार्यक्रममा समुन्नत बहुृउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेल लगायतले सहकारीले समाज रुपान्तरणमा योगदान पु¥याउँदै आएपनि विभिन्न जोखिमको सामना गरिरहेको बताईन् ।
कार्यक्रममा निजगढ वडा नं.७ का वडा अध्यक्ष टेक बहादुर लामा, गौरीशंकर क्याम्पसका अध्यक्ष एक बहादुर श्रेष्ठ, श्री गौरीशंकर माध्यमिक बिद्यालय निजगढ ८ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि कुमार बर्तौला, श्री जनज्योती आधारभुत विद्यालयका अध्यक्ष शंकर थोकर र विद्यालयका प्रतिनिधि सपना कोइराला, समुदायमा आधारित प्रसुती गृहका अध्यक्ष माधव न्यौपाने, विद्यासागर बोडिङ स्कुलका प्रिन्सिपल अभिषेक मिश्र र पत्रकार गोकुल घोरसाइने, जितलाल श्रेष्ठ, महेश्वर अधिकारी, थानेश्वर सापकोटा र बिपिन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

जेष्ठ नागरिकलाई सम्मान
संस्थाले विगत वर्षहरु झै यस बर्ष पनि आफ्ना जेष्ठ नागरिक सम्मान गरेको छ । २४ औं वार्षिकोत्सवमा २४ जना शेयर जेष्ठ नागरिक सदस्यलाई दोसल्ला ओडाई र पोषक सामाग्री वितरण गरेर सम्मान गरिएको हो ।
साथै संस्थाले उत्कृष्ठ बाल बचत सदस्य तर्फ डेभिन दुलाल, उत्कृष्ठ ऋणी सदस्य छत्र बहादुर सुनुवार, उत्कृष्ठ बचतकर्ता भेष बहादुर रुम्बा, उत्कृष्ठ शेयर खरिद सदस्य गर्ने संस्थाका लेखा समितिका सदस्य प्रल्लाद प्रसाद रिमाल लगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै शैक्षिक सत्र २०७९/०८० मा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्रतर्फ गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का रोशन तामाङ, रोचक सन्जेल र छात्रातर्फ बिद्यासागर बोडिङ स्कुलका स्मारिका सिग्देल, गौरीशंकर निजगढ ८ का सोनिया तामाङ र रोशनी कुमारी रौनियार लगायतलाई जनही एक हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको थियो ।
त्यस्तै उत्कृष्ट बाल बचत ऐश्वर्य श्रेष्ठ, सेयर कारोबार सदस्य लक्ष्मी कुमारी क्षेत्री, उत्कृष्ट ऋणी सदस्य गौरी कुमारी राउत, उत्कृष्ट बचत कारोबार सदस्य राज कुमार लामा र कर्मचारी सम्मान प्रमिला कुमारी क्षेत्रीलाई साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।
गौतमको विदाई
संस्थाबाट स्वच्छिक अवकाश रोजेका हरि गौतमलाई विदाई गरिएको छ । ऋण अधिकृतका रुपमा लामो समयदेखि कार्यरत गौतमलाई दोसल्ला र सम्मान–पत्रसहित कार्यक्रमका प्रमुख अतिथि चौलागाई र संस्थाका अध्यक्ष गौतमले सम्मान गरेका थिए ।
हाल उनी कृषि औजार तथा सामाग्री बहुउद्देश्य सहकारी संस्थामा कार्यरत छन् ।

विद्यालयलाई सहयोग
संस्थाले बार्षिक अवसर पारेर निजगढ ९ स्थित जनज्योती आधारभुत बिद्यालयलाई रु.४० हजार बराबरको बिद्यालय पोशाक सामाग्री विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थोकर र उक्त बिद्यालयकी प्रतिनिधि कोइरालालाई हस्तान्तरण गरेको थियो ।

संस्थाको आ.व.२०७९/०८० को संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, लेखा समितिको प्रतिवेदन लेखा संयोजक रुद्र प्रसाद धिताल, आर्थिक प्रतिवेदन बच्चुराम लामिछाने लगायतले प्रस्तुत गरेका थिए ।

निजगढ बैन्क्युट एण्ड सेमिनार हलमा शनिवार संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल र संचालन संस्थाका सचिव बोधनाथ चौलागाईले गरेका थिए ।
साथै संस्थाले हरेक बर्ष झै यस बर्ष पनि आफ्ना शेयर सदस्यहरुलाई भाग्य चिठ्ठा मार्फत प्रथम, द्धितीय र तृतीय हुने शेयर सदस्यहरुलाई भान्सामा प्रयोग हुने मिक्चर, राईस कुकर र कालो कराइको सेट लगायतको पुरस्कार वितरण गरेको संस्थाका ब्यवस्थापक हरि प्रसाद पण्डितले जानकारी दिए ।
संस्थाले १५०३ सदस्यको बीचमा कारोबार गरेर ३४ लाख ६२ हजार ३ सय २४ रुपैया खुद नाफा कमाएको छ । संस्थाले ९ करोड ६२ लाख १० हजार २३ रुपैया कुल कारोबार गरेको छ ।

सदस्य चयन
सञ्चालक समितिमा रित्त रहेको पदमा साधारण सभाले सदस्य चयन गरेको छ । संस्थाको २४ औँ बार्षिक साधारणसभाको भेलाले सर्वसम्मत रुपमा पत्रकार महेश्वर अधिकारीलाई सञ्चालक समितिको सदस्यमा चयन गरेको हो । रित्त रहेको पदमा पाँच जना आकांक्षिबाट अधिकारी सर्वसम्मत सदस्य चुनिएका हुन् ।
वि.सं.२०८० असोज २८ आइतवार १९:२५
















