skip this

कपिलवस्तुका बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज कपिलवस्तुका बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कपिलवस्तु, वाणगंगा नगरपालिका १० भावपुरस्थित सडकमा लु।२ च ४०५२ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने यमलाल पौडेलकी छोरी ९ वर्षीया एन्जला पौडेलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कपिलवस्तु, बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित सडकमा ना.५ ख ९३५० नम्बरको बसले रा.७ प ३५९४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय सुसिल केसीको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय बुद्ध पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै महोत्तरी, गौशला नगरपालिका २ स्थित सडकमा प्रदेश २–०२–००१ प ८६७९ र प्रदेश २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा प्रदेश २–०२–००१ प ८६७९ नम्बरको मोटरसाइकल चालक औरही नगरपालिका–६ बस्ने २४ वर्षीय बिबेक कुमार यादवको मृत्यु भएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630