skip this

प्राविधक शिक्षाको नमूना बन्दै निजगढको सार्वजनिक मावि, कम्प्युटर इन्जिनियरिङ डिप्लोमामा उत्कृष्ट प्रदर्शन

549 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ–५ बागदेवस्थित  श्री सार्वजनिक माध्यमिक (प्राविधिक) विद्यालय  प्राविधक शिक्षाको नमूना बन्दै गएको छ ।

विद्यालयले कम्प्युटर इन्जिनियरिङ डिप्लोमामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमअन्तर्गत पाँचौँ सेमेस्टरको परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भई शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाका अनुसार पाँचौँ सेमेस्टर परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी सफल भएका हुन् ।

यस उपलब्धिलाई विद्यालयले प्राविधिक शिक्षाको गुणस्तर, विद्यार्थीको मेहनत तथा शिक्षकहरूको समर्पणको परिणामका रूपमा लिएको छ ।

विद्यालय परिवारले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।

साथै, विद्यालयले डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमका लागि नयाँ भर्ना खुला रहेको जानकारी दिँदै प्राविधिक शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ ।

यस उपलब्धिले विद्यालयलाई स्थानीय तथा राष्ट्रिय स्तरमा प्राविधिक शिक्षाको एक भरोसायोग्य शैक्षिक संस्थाका रूपमा थप स्थापित गरेको विद्यालयको विश्वास रहेको छ ।

nijgadh-supermart-adz1200-630